Kathmandu Press

जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्न सरकारलाई ओलीकाे सुझाव

जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्न सरकारलाई ओलीकाे सुझाव

ललितपुर, भदाै २५ : एमाले अध्यक्ष केपी ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सोमबार ललितपुरमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजी मात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन्।

ओलीले सरकार नै तस्करीमा संलग्न भइ कमिसनखोरीमा डुवे जनताको समस्या नदेख्ने जिकिर गरे। उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिँदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए। उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए।

ओलीले तेजाव आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसबिरुद्ध कडा कानून बनाएको दावी गरे। उनले तेजाब आक्रमण विरुद्धको कानुनलाई कडा रुपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमि आउन नसक्ने जिकिर गरे।

कार्यक्रममा  एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमण विरुद्धको कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफूले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताए।

त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यसबिरुद्ध जनचेतना फैलाउनुपर्ने बताए। उनले आफूहरुको पीडा तत्कालिन सरकारले बुझेको र आवश्यक कानुन ल्याएको भन्दै धन्यवाद दिए।

तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरिन्छ।

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्