Kathmandu Press

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन दिइन्न : महासचिव पोखरेल

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन दिइन्न : महासचिव पोखरेल

काठमाडौं, भदौ २५ : एमाले महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए। 

महासचिव पोखरेलले एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा  अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताउनुभयो । उहाँले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे। 

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए। 

उहाँले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए। विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधँै शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे।

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्