Kathmandu Press

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : अध्यक्ष यादव

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : अध्यक्ष यादव

मोरङ, भदौ २५ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिए। अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गरे। 

उनले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काकोे सहयोगी भएको समेत बताए। लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताए।

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्