Kathmandu Press

अमेरिका जाने भ्रमण टोलीको आकार सानाे बनाउन प्रधानमन्त्रीकाे निर्देशन

भ्रमणबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठुलो भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले भ्रमण टोली सानो बनाउन मुख्य सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएकाे स्राेतकाे भनाइ छ।
अमेरिका जाने भ्रमण टोलीको आकार सानाे बनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं, भदौ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिका जाने भ्रमण टोलीको आकार सानाे बनाउन निर्देशन दिएका छन्।

भ्रमणबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठुलो भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले भ्रमण टोली सानो बनाउन मुख्य सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएकाे स्राेतकाे भनाइ छ।

उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ २९ मा अमेरिका जाँदैछन्। उनी त्यतैबाट चीन भ्रमण गरेर स्वदेश फर्कनेछन्।

मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जनाकाे भ्रमण टोली तय गरिएकामा अहिले !१७ जनाकाे संख्या घटाएर १० जना बनाउने र जसमा प्रधनामन्त्रीकाे सचिवालयबाट पाँचजना र परराष्ट्र मन्त्रालयबाट पाँचजनाको संख्या रहने बताइएकाे छ।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्