सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन्।
ललितपुर, भदाै २५ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन्।
ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन्।
उनले नेपाली समाजको मौलिक परम्परा बिर्गान खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पारे। उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनसँगै आधारभूत आवश्यता पुरा होस भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे।
नेपाली जनताले चाहेजस्तो बिकास समृद्धि पुरा हुन नसकेको भन्दै उहाले सरकारको गम्भीर कार्यभार बिकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गरे। उनले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए।
उनले सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ षड्यन्त्र सुरु भएको भन्दै सवै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राखे।











