Kathmandu Press

विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा, जाँचपास ठप्प

विमानस्थल भन्सारमा समातिएको ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको विरोधमा जाँचपास ठप्प पारेका हुन्।
विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा, जाँचपास ठप्प

काठमाडौं, भदौ २५ : सुन तस्करीमा कर्मचारीमाथि छानविन गरिएको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन्।

विमानस्थल भन्सारमा समातिएको ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको विरोधमा जाँचपास ठप्प पारेका हुन्।

भन्सारका कर्मचारीले आफूहरुमाथि धरपकड गरिएको भन्दै आन्दोलनमा उत्रेका हुन्। विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प पारिएका छन्। 

उनीहरुले आइतबार पेन डाउन गरेका थिए । सोमबार कार्गो सेवा ठप्प पारेका हुन्। मंगलबार पनि आन्दोलन जारी रहने ती कर्मचारीको भनाइ छ। सुन तस्करी प्ररकणमा सिआइवीले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ।
 
प्रकाशित मिति: १३:१३ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्