Kathmandu Press

‘विपीको विचारमा न्याय र रुपान्तरण छ’

उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा विपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन्।
‘विपीको विचारमा न्याय र रुपान्तरण छ’

ताप्लेजुङ, भदौ २५ : नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन्।

११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रममा उनले मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता विपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन्।

उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा विपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन्।

‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो’, सहमहामन्त्री उपाध्यायले भनिन्।

विपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्र्दभिक हुने उनले बताइन्। विपीका विचार र व्यवहारका प्रभाव युगौं युगसम्म रहने उल्लेख गर्दै उनले पार्टीले विपीका विचार र सिद्धान्तलाई भुल्न नहुने बताइन्।

 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्