२६ लाख नगदसहित नेपालगन्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थलबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो।
बाँके, भदौ २५ : २६ लाख नगदसहित नेपालगन्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थलबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए।
उनी ८ः४५ को श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए।
प्रकाशित मिति: ११:०१ बजे, सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











