Kathmandu Press

नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठक श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने, मानव तस्करीलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।
नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

काठमाडौं, भदौ २५ : नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक आजबाट सुरु हुँदै छ ।

काठमाडौंमा आज र भोलि दुई दिन चल्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठक श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने, मानव तस्करीलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गर्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सक्रिय सहभागिता रहने छ ।

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्