Kathmandu Press

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेभएका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर।

काठमाडौं, भदौ २४ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।  

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्रा.डा. भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेभएका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्