Kathmandu Press

सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन : सभापति खतिवडा

आत्महत्यालाई नियन्त्रण गर्नको लागि सरकारी स्तरबाट मात्रै नभई सबै क्षेत्रबाट नयाँ आयमहरुको खोजि हुनु पर्ने बताए।
सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन : सभापति खतिवडा
फाइल तस्बिर।

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसका नेता तथा सांसद रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन्।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जनताले सरकारबाट अपेक्षा गरे जस्तो कामहरू गर्न नसकेको बताएका हुन् ।  

‘देशमा सुशासनको अवस्था कमजोर छ । सरकार बनेकोमा मान्छेहरुले ठुलो आकांक्षाहरू राखेका छन्। त्यो अपेक्षा अनुसारको काम गर्न सकेको छैनौं,’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका उनले भने, ‘सरकारले पनि गर्न सकेको छैन् । जहिले पनि राजनीतिक पार्टीहरु एक आपसको मुद्दामा आफै झगडा गरेर मात्र बस्ने सेवाहरु जनतालाई दिन नसक्ने पद्धतिले जनतामा निराशा उत्पन्न गरेको छ।’

आत्महत्यालाई नियन्त्रण गर्नको लागि सरकारी स्तरबाट मात्रै नभई सबै क्षेत्रबाट नयाँ आयमहरुको खोजि हुनु पर्ने बताए।

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्