दलहरुबीच सहकार्य र एकता आवश्यक छ : अध्यक्ष लिङदेन
उनले विपीको मेलमिलापको नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्नुपर्ने उल्लेख गरे।
काठमाडौं, भदौ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन्।
‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा अध्यक्ष लिङ्देनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरूबीचमा एकता, सहकार्यको आवश्यक भएको बताए।
‘देशलाई यो भन्दाबढी बर्वाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरूबीच एकता र सहकार्य आवश्यक छ,’ अध्यक्ष लिङ्देनले भने, ‘यसको लागि ढिला गर्नु हुँदैन्।’
उनले राजा, राजनीतिक दल र जनताहरु मिलेर नयाँ व्यवस्थाको निमार्ण गर्नुपर्ने बताए। उनले विपीको मेलमिलापको नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्नुपर्ने उल्लेख गरे।
प्रकाशित मिति: १८:१७ बजे, आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











