Kathmandu Press

‘व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढ्यो’

नेता भण्डारीले गुट उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरे।
‘व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढ्यो’

काठमाडौं, भदौ २४ : नेपाली कांग्रसका नेता तथा सांसद् चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको बताएका छन्।

आइतबार ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा नेता भण्डारीले विपीले भनेअनुसार देशमा राष्ट्रियतामा खतरा देखिएको बताए।

नेता भण्डारीले व्यक्तिगत महत्वकांक्षा र जातीय हिंसाले राष्ट्रियतामा सबैभन्दा खतरा बढी खतरा बढेको बताए। ‘राष्ट्रियतामा सबैभन्दा खतरा व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत द्वन्द्व, जातीय हिंसाले बढ्ने विपीको भनाई थियो। उहाँले विदेशीसँग पैसा लिने आत्मसमपर्ण गर्न थालियो भने राष्ट्रियता खतरामा हुन्छ भन्नु भएको छ। अहिले देशमा ठयाक्कै त्यही देखिएको छ । व्यक्तिगत महत्वकांक्षा उस्तै छ, सामाजिक द्वन्द्व बढ्दै छ,’ उनले भने।

उनले नेपालमा सिंगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् । उनले गुट उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

 

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्