Kathmandu Press

प्रधानमन्त्रीको विकल्प खोज्ने बेला भयो : शेखर कोइराला

बिपी कोइरालालको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा आइपुगेका नेता कोइरालाले पत्रकारहरूसँग उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्रीको विकल्प खोज्ने बेला भयो : शेखर कोइराला

हेटौंडा, भदौ २४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने वेला आएको भनाइ राखेका छन्। 

बिपी कोइरालालको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा आइपुगेका नेता कोइरालाले पत्रकारहरूसँग उक्त कुरा बताएका हुन्।

कांग्रेसको नेतृत्वमा सरकार बन्न सके मात्रै लोकतन्त्र र राष्ट्रियतालाई बजबुत पार्न बल पुग्ने भनाई कोइरालाको थियो। कांग्रेसकै समर्थनमा बनेको सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र पनि छलफल हुने पनि कोइरालाले बताए।

सरकार परिवर्तन हुँदा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने भनाइ कोइरालाको थियो।

कोइरालाले पत्रकारसँग भने, ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। र, दलको नेता देउवाजी हुनुहुन्छ। उहाँको विकल्प खोज्न हतार हुन्छ। कांग्रेसको नेतृत्वमा सरकार बन्दा देउवाजी नै प्रधानमन्त्री बन्नुहुन्छ। यसमा दुईमत छैन।’ 

नेता कोइरालाले हेटौँडा उपमहानगरपालिका– ११ सरस्वतीमा रहेको बिपी वाटिकामा निर्माण गरिएको बिपी कोइरालाको अर्धकदको सालिक पनि अनावरण गरेका छन्। कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतको उपस्थिति थियो।
 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्