चलचित्रकाे नाम ‘एक भागवत र एक गीता’ राख्न दुवै पक्ष सहमत

काठमाडौं, भदाै २४ : प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नाम ‘एक भागवत र एक गीता’ राखिने भएकाे छ। ‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नाममा छलफल भएपछि अन्ततः ‘एक भागवत र एक गीता’ नाम राख्न दुवै पक्ष सहमत भएका हुन्।
नामलाई लिएर उत्पन्न विवाद चलचित्र विकास बोर्डसम्म पुगेकाे थियाे। बाेर्डमा आयोजित एक छलफलमा निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको छलफलपछि सहमति जुटेकाे हाे। सहमतिबारे औपचारिक घोषणा गर्न भने बाँकी छ।
निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न प्रस्ताव गरे पनि धार्मिक समूहले अस्वीकार गरेकाे याे। नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने सहमति पनि भएकाे जनाइएकाे छ। चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ।
प्रकाशित मिति: १५:२९ बजे, आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












