Kathmandu Press

६० किलो सुन प्रकरण : विध ल्याबका सञ्चालक भीमकान्तसँग सिआइबीकाे सोधपुछ

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटकपटक कुराकानी भएको देखिएको सिआइबीले जनाएको छ।
६० किलो सुन प्रकरण : विध ल्याबका सञ्चालक भीमकान्तसँग सिआइबीकाे सोधपुछ

काठमाडौं, भदौ २४ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ। ६० किलो सुन तस्करी प्रकरणमा भण्डारीको नाम जोडिएपछि सिआइबीले बयान लिएको हो। 

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटकपटक कुराकानी भएको देखिएको सिआइबीले जनाएको छ। बोलावट भएपछि भण्डारी आइतबार सीआइबीकहाँ गएको र सोधपुछ गरेर पठाइएको जनाइएको छ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने काण्डमा जोडिएका चिनियाँ नागरिकसँग पनि उनले पटकपटक कुराकानी गरेको पाइएको स्रोतको दाबी छ।

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्