Kathmandu Press

बीपीको समाजवाद व्यवहारमा लागु हुन सकेको छैन : शेखर कोइराला

बीपीको समाजवाद व्यवहारमा लागु हुन सकेको छैन : शेखर कोइराला
भरतपुर-३ स्थित नगरवनमा निर्माण गरिएको कांग्रेस संस्थापक नेता बिपी कोइरालाको शालिक अनावरण गर्दै कांग्रेस नेता डा. शेखर कोइराला । तस्बिर : कृष्ण आचार्य/रासस

काठमाडाैं, भदाै २४ : कांग्रेस नेता डा. शेखर कोइरालाले बीपीको समाजवाद व्यवहारमा लागु हुन नसकेको बताएका छन्।

आइतबार चितवनमा आयोजित ११० औ वीपी जयन्तीको अबसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रम कार्यक्रममा कोइरालाले बिपी भने जस्तो गरीब असाहय र समाजमा पछाडी परेकाहरुलाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको र  वीपीको समाजबाद पनि ब्यबहारमा लागु हुन नसकेको बताएका हुन्।

अग्रज नेताहरुको सम्झनामा बनाईएका शालिकहरु आन्दोलनको क्रममा कतिपय शालिक तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उहाले बता। नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य शहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे। अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफुले लागेको उनको भनाइ छ।

भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा उक्त शालिक निर्माण गरिएको हो। उक्त स्थानमा २०५३ सालमा ढलोटको पुर्ण कदको शालिक निर्माण भएपनि  शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो।

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्