Kathmandu Press

कान्तिमा बालिकाकाे मृत्यु अस्पतालकाे हेलचेक्रयाइँले भएको भए कारबाही गर्छु : स्वास्थ्यमन्त्री बस्नेत

इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको उनको भनाइ छ।
कान्तिमा बालिकाकाे मृत्यु अस्पतालकाे हेलचेक्रयाइँले भएको भए कारबाही गर्छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडाैं, भदाै २४ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान अस्पतालबाट गल्ती भएको भए कारबाही गर्ने स्पष्ट पारेका छन्।

इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।

इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको उनको भनाइ छ। त्यस्तै उनले  इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको समेत जानकारी दिए।

आगामी महिना हुने विश्व स्वास्थ्य सङगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको उहाँले जानकारी दिए।

इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति: १३:२३ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्