Kathmandu Press

बिपी साहित्य सम्मेलन : यस्ता छन् तीन दिनसम्मका कार्यक्रम

महोत्सवको अन्तिम दिन कुटुम्ब व्याण्डले सांगीतिक प्रस्तुति दिनेछ।
बिपी साहित्य सम्मेलन : यस्ता छन् तीन दिनसम्मका कार्यक्रम


काठमाडौं, भदाै २४ : नेपाली कांग्रेसको आयोजनामा तथा नेपाली लेखक संघको आयोजनामा आज (आइतबार) ‘बिपी साहित्य सम्मेलन २०८०’ सुरु भएको छ। नेपाली साहित्यका शिखर पुरुष महामानव बिपी कोइरालाको ११०औं जन्मोत्सवका अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा आयोजना भएको महोत्सवमा १५ वटा शीर्षकमा कार्यपत्र पेस हुँदैछन्। त्यसका अतिरिक्त डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरु रहेका छन्।

महोत्सवमा नेपाल सांस्कृतिक संघ, फाइन आर्ट, निरन्तर शनिबारको समेत संयोजन रहेको महोत्सवको पहिलो दिन ‘हाइज्याकिङ फर डेमोक्रेसी’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ। त्यसलगत्तै महोत्वसको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महोत्वको भव्य समारोहबीच उद्घाटन गरे।

महोत्वसको पहिलो दिन (आइतबार)

प्रा.डा. अभि सुवेदीको ‘बी.पी. साहित्य सृजना र जीवन दर्शन’ विषयमा सम्भाषण प्रस्तुत हुनेछ। आजै ‘बीपी।का दृष्टिमा बी।पी’ विषयमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, लेखक सीके लालको प्रस्तुति हुनेछ।

आइतबार दिउँसो साहित्यकारहरु राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षाले बीपीका आख्यानमा मनोविश्लेषण’ विषयमा भनाइ राख्नु हुने छ। ‘साहित्यमा पर्यावरण’ विषयमा अम्मराज लोहनी, तीर्थबहादुर श्रेष्ठ, र संगीता रायामाझीको प्रस्तुति हुने भएको छ। आइतबारको अन्तिम सत्रमा बमकुमार बुढामगर, अमृत योञ्जन र चन्द्र किशोरले ‘नेपालको मातृभाषा साहित्य’ विषयमा विचार राख्नेछन्।

साँझ २० जना कवि र कवयित्रीले कविता वाचन गर्नेछन्। महोत्सको पहिलो दिन कार्यक्रमको संचालन सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गर्नेछन्।

महोत्वसको दोस्राे दिन (साेमबार)

बिहान ९ बजे ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिने भएको छ। त्यसपछि प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स , गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्नेछन्। सोमबार नै हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा मन्व्य राख्नेछन्।

सोमबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री डा. नारायण खड्का, प्रदीप ज्ञवाली र ईन्द्र अधिकारीले ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्नेछन्। त्यसपछि सोमबारको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरु बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतिक्षा, सुविन भट्टराईले ‘युवा स्रस्टामा बीपी पठन’ विषयमा प्रस्तुति दिनेछन्। सोमबार साँझ ३० जना गजलकारहरुले गजल साँझमा जोडदार प्रस्तुति दिनेछन्।

महोत्सवको तेश्रो तथा अन्तिम दिन (मंगलबार)

बिहान ९ बजे ‘तीन घुम्ती’ चलचित्र प्रस्तुति गरिनेछ। पहिलो सत्तमा प्रा.डा. केदारभक्त माथेमाले बिपीको समाजबादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण दिनेछन्। दिउँसो १२ बजे चित्रलेखा यादव, आहुति र मोहना अन्सारीले ‘समावेशिता, सामाजिक रुपान्तरण र बीपी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

‘समय र सवाल्र्टन’ विषयमा शिव रिजाल तारालाल श्रेष्ठ र धनकुमारी सुनारले मन्तव्य राख्नेछन्। दिँसो साढे २ बजे बीपीका आख्यानमा नारी’ विषयमा नारायण चालिसे, रेणुका थापा, ज्ञानु अधिकारी र उमा सुवेदीले आफ्नो भनाइ प्रस्तुत गर्नेछन्। महोत्सवको अन्तिम दिन ‘परिवारले बुझेका बीपी’ विषयमा डा।शेखर कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाले भनाइ राख्नेछन्।

महोत्सवको अन्तिम दिन कुटुम्ब व्याण्डले सांगीतिक प्रस्तुति दिनेछ। महोत्सवको बीचमा मुकेश मल्ल, सुनिता राणा, प्रमिला परियार, भिषण राजभण्डारी, किरण सिगु, किरण मानन्धर, नगेनसिंह ठकुरी, विजय थापा, जजुकाजी श्रेष्ठ, रविन कोइराला, धनबहादुर याख्खा र महेश आचार्यले वक्ताहरुको लाईभ आर्ट गर्ने भएका छन्।

महोत्सव सम्पन्न गर्न पार्टीले सहमहामन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा महोत्सव तयारी समिति गठन गरिएको छ। महोत्सवलाई सफल बनाउन पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले विभागका ११ जना सदस्यहरुलाई संयोजकको जिम्मेवारी तोकेको छ। 

 

 

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्