Kathmandu Press

बिपी नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयामिक व्यक्तित्व : सभापति देउवा

बिपी नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयामिक व्यक्तित्व : सभापति देउवा

काठमाडाैं, भदाै २४ : ​कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयामिक व्यक्तित्व रहेकाे बताएका छन्। बीपी साहित्य महोत्सव शुभारम्भ गर्दै  बीपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा कांग्रेस मुख्यालय सानेपामा बीपी साहित्य महोत्सवको आइतवार उद्घाटन गर्दै देउवाले देउवाले बीपीको बहुआयमिक व्यक्तित्वकाे चर्चा गरेका थिए।

देउवाले बीपीले राजनीतिक रुपमा मात्रै नभएर साहित्यिक रुपमा पनि देशलाई उल्लेख्य योगदान गरेको पनि देउवाले बताए। ‘बीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उनले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्,’ कार्यक्रममा देउवाले भने। बीपीले साहित्य पनि सत्य घटनामा आधारित भएर लेख्ने गरेको स्मरण पनि सभापति देउवाले गरे । 

'उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडेका छौं,' उनले भने, 'मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौं, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन्।'

आफ्नाे राजनीतिक प्रेरणाको स्रोत बीपी नै भएकाे बताउँदै उनले भने, यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनुभएन, जतिले पाउनुभयो, जति समय पाउनुभयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ।'

बीपी साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार भएकाले  उनलाई भेट्दा 'ठुलो मान्छे होइन, असल मान्छे बन्नू' भनेकाे देउवाले स्मरण गरे। 'उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो। प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ । सामन्तवादका विरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै उहाँले अपूर्ण देख्नुभयो।'

'साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ' भनेर बिपीले भन्ने गरेकाे र साेहीबमाेजिम आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उनले बताए।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्