Kathmandu Press

चीनले जारी गरेको नक्साप्रति गम्भीर छु : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले असोजको पहिलो साता चीन भ्रमण गर्दैछन्। संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा प्रचण्डले चीनले जारी गरेको नक्साबारे आफू गम्भीर रहेको बताएका हुन्।
चीनले जारी गरेको नक्साप्रति गम्भीर छु : प्रधानमन्त्री

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको भनाइ राखेका छन्।

प्रधानमन्त्री प्रचण्डले असोजको पहिलो साता चीन भ्रमण गर्दैछन्। संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा प्रचण्डले चीनले जारी गरेको नक्साबारे आफू गम्भीर रहेको बताएका हुन्।

चीनले गत २१ अगस्टमा चीनले जारी गरेको नक्सामा नेपालको पुरानो नक्सा समावेश गरिएको थियो। चीनले जमरी गरेको नक्सामा नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर परेको छ। 

सिंहदरबारमा भएको बैठकमा दलका नेताहरुले चीनले जारी गरेको नक्सामा ध्यान दिन सुझाएका थिए। दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई नक्साका बिषयमा चीनसँग कुरा गर्न भनेका थिए। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छ।

हामीले संसद्बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’
 
प्रकाशित मिति: १२:३१ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्