विपी साहित्य महोत्सव शुभारम्भ
विपीले राजनीतिक रुपमा मात्रै नभएर साहित्यिकरुपमा पनि देशलाई उल्लेख्य योगदान गरेको पनि देउवाले बताए।काठमाडौं, भदौ २४ : विपी साहित्य महोत्सव शुभारम्भ भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा कांग्रेस मुख्यालय सानेपामा विपी साहित्य महोत्सवको आइतबार उद्घाटन गरे।
देउवाले बीपीको जन्मजयन्तीको सन्दर्भमा कांग्रेस कार्यालयको आकाशमा ११० वटा बेलुन उडाएर महोत्सवको उद्घाटन गरेका थिए।
साहित्य महोत्सवको उद्घाटनकाक्रममा देउवाले विपीको बहुआयमिक व्यक्तित्व रहेको बताए। विपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व रहेको भनाई देउवाको थियो। विपीले राजनीतिक रुपमा मात्रै नभएर साहित्यिकरुपमा पनि देशलाई उल्लेख्य योगदान गरेको पनि देउवाले बताए।
‘विपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्,’ कार्यक्रममा देउवाले भने।
विपीले साहित्य पनि सत्य घटनामा आधारित भएर लेख्ने गरेको स्मरण पनि सभापति देउवाले गर ।











