Kathmandu Press

सबै मौलिक हक लागु गर्न सरकार प्रतिवद्ध छ : उपमहासचिव पुन

‘राज्यसँग साधान स्रोत पर्याप्त क्षमता छैन। जति साधन र श्रोत छ त्यहीअनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ,’ उनले भने।
सबै मौलिक हक लागु गर्न सरकार प्रतिवद्ध छ : उपमहासचिव पुन

काठमाडौं, भदौ २४ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन्।

आइतबार काठमाडौंमा तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनद्वारा आयोजित अशक्त असहाय र दृष्टिबिहीनहरुका लागि राहत वितरण कार्यक्रममा उनले राज्यसँग भएको साधन र श्रोत अनुसार मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए।

‘राज्यसँग साधान स्रोत पर्याप्त क्षमता छैन। जति साधन र श्रोत छ त्यहीअनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ,’ उनले भने।

उनले अपां्गतामैत्री पूर्वाधारहरु बनाउने अभ्यास सुरु भइसकेको बताए। ‘अहिले अपांगतामैत्री पूर्वाधारहरु बनाउने कानूनी व्यवस्था नै छ। त्यो अभ्यास सुरु भइसकेको छ। अपाङ्गता भएका या फरक क्षमता भएकालाई समाजमा हेप्न पाउदैन् । अरु नागरिक सरह समान अधिकार हुन्छ,’ उनले भने।

उनले माओवादीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको भन्दै सबै जनतालाई आफ्नो समस्या र सुझाव दिन आग्रह गरे।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्