सिंहदाबारमा सर्वदलीय बैठक जारी, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणका विषयमा छलफल
प्रधानमन्त्री दाहालले आसन्न न्यूयोर्क र चीन भ्रमणका विषयमा जानकारी दिन र परामर्श गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
काठमाडौं, भदौ २४ : प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ।
प्रधानमन्त्री दाहालले आसन्न न्यूयोर्क र चीन भ्रमणका विषयमा जानकारी दिन र परामर्श गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता एवम् प्रतिनिधिहरु सहभागी छन्। बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन्। सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ११:०७ बजे, आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











