Kathmandu Press

कोशी सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

पुनः मुख्यमन्त्री नियुक्त भएपछि हिक्मत कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन्।
कोशी सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मोरङ, भदौ २४ : कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ। पुनः मुख्यमन्त्री नियुक्त भएपछि हिक्मत कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन्।

अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन्।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो।

यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको थिय ।

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्