सुन तस्करी प्रकरणमा भन्सार अधिकृत र नायब सुब्बा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले (सिआइवी) को टोलीले भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली तथा कमल परियारलाई शनिबार पक्राउ गरेको हो ।
काठमाडौं, भदौ २३ : सुन तस्करी प्रकरणमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पनि छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले (सिआइवी) को टोलीले भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली तथा कमल परियारलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई सिआइवीको हिरासतमा राखिएको छ । उनीहरुलाई आइतवार अदालतमा उपस्थित गराइने छ । यी तीनजनासँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।
सुन तश्करी प्ररकणमा संलग्नताको आरोपमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो । उनीहरुसहित थुनामा रहने आरापीको संख्या ३० पुगेको हो ।
प्रकाशित मिति: १८:१० बजे, शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार