Kathmandu Press

कोशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनीतिक स्थायित्व दिनुपर्छ : राजेन्द्र लिङ्देन

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसंग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरु एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन्।
कोशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनीतिक स्थायित्व दिनुपर्छ : राजेन्द्र लिङ्देन

विराटनगर, भदाै २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिनुपर्ने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसंग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरु एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन्।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उहाले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गरे। आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे।

उनले प्रमुख राजनीतिक दलहरु नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्