Kathmandu Press

सुन तस्करी प्रकरणमा भन्सार अधिकृत र नायब सुब्बा पक्राउ 

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले (सिआइवी) को टोलीले भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली तथा कमल परियारलाई शनिबार पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा भन्सार अधिकृत र नायब सुब्बा पक्राउ 

काठमाडौं, भदौ २३ : सुन तस्करी प्रकरणमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पनि छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले (सिआइवी) को टोलीले भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली तथा कमल परियारलाई शनिबार पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजनालाई सिआइवीको हिरासतमा राखिएको छ। उनीहरुलाई आइतवार अदालतमा उपस्थित गराइने छ। यी तीनजनासँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

सुन तश्करी प्ररकणमा संलग्नताको आरोपमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो । उनीहरुसहित थुनामा रहने आरापीको संख्या ३० पुगेको हो। 

प्रकाशित मिति: १५:२६ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्