गोवंशको संरक्षण माग गर्दै प्रदर्शन
धर्म निरपेक्षता खारेज गर्दै वैदिक सनातन धर्म कायमका साथै गोवंशको संरक्षण गर्नुपर्ने भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडाैं, भदाै २३ : गोवंशको संरक्षण गर्नुपर्ने भन्दै वैदिक सनातन धार्मिक महासंघ लगायतले काठमाडौंमा प्रदर्शन गरेको छ।
धर्म निरपेक्षता खारेज गर्दै वैदिक सनातन धर्म कायमका साथै गोवंशको संरक्षण गर्नुपर्ने भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। साथै उनीहरुले धर्मविरोधी व्यवस्था नचाहिने भन्दै नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार