Kathmandu Press

सारुकको समर्थनमा मौन र्‍याली [फाेटाेफिचर]

कलाकार सारुकको निधन भएको दुई महिना भइसक्दा समेत सत्य तथ्य बाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍यालीको आयोजना गरेका हुन्।
सारुकको समर्थनमा मौन र्‍याली [फाेटाेफिचर]

काठमाडौं, भदौ २३ : कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्‍याली निकालेका छन्। कलाकार सारुकको निधन भएको दुई महिना भइसक्दा समेत सत्य तथ्य बाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍यालीको आयोजना गरेका हुन्।

उक्त र्‍यालीमा कलाकार जयकिशन बस्नेतले नेपाल प्रहरीले सारुकको मृत्यु प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर ल्याउँनु पर्ने बताएका छन्। उनले सबैको पहिलो माग भनेको सारुक ताम्राकारको मृत्यु किन र के कारणले भयो त्यसको सत्य सबै माझ आउनु पर्ने रहेको बताए।  

Hardik ivf

141694245558.jpg

‘सारुक ताम्राकारको मृत्यु भएको २ महिना भइसकेको छ । तर उहाँको मृत्यु किन र कसरी भयो भन्ने कुराको अनुसन्धान भएको छैन् । हामी सबैको पहिलो माग भनेको सारुक ताम्राकार किन, के कारणले भयो त्यसको सत्य कुरा सबै माँझ आउँनु पर्यो । नेपाल प्रहरीलाई हामी सम्मान गर्छौ तर यो केशमा अझै पनि केही हुन सकेको छैन् यस प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर आउँनु पर्यो,’ उनले भने।

151694245558.jpg

यस्तै प्रदर्शनमा सहभागी रवी गुरुङले प्रहरीले आफ्नो काम गर्ने विश्वास लिएको भन्दै ढिलै भए पनि सत्य बाहिर आउने अपेक्षा सुनाए। ‘प्रहरीले आफ्नो काम गर्नु भएको छ भन्ने विश्वास छ, सत्य बाहिर आउँछ ढिलो चाडो मात्रै हो । यसको लागि सम्बन्धित सरोकारवालहरुसँग छलफल गर्नेछौ,’ उनले भने । 

161694245558.jpg

सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।

111694245557.jpg

121694245557.jpg

91694245556.jpg

131694245558.jpg

101694245556.jpg

51694245555.jpg

61694245555.jpg

71694245555.jpg

81694245555.jpg

31694245554.jpg

41694245554.jpg

11694245553.jpg

21694245553.jpg

प्रकाशित मिति: १३:११ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्