कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल
शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे।
काठमाडौं, भदाै २३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन्।
शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे।
‘अब विकल्प कि मिलेर जानु कि अरुलाई साथ दिनु कि त चुनावमा जानु हो। हामीलाई त फरक पर्नेवाला छैन। किनभने हाम्रो साथीहरुको हिसाब के छ भने चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ,’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं। अरु पार्टीहरुकोे सातो गएको छ। यत्रो ठुलो सङख्या छ। अर्को पटक त २० भन्दा बढ्दैन भनेर डराएका छन्।’
उनले आफूहरु भ्रष्ट नभएको भन्दै कसैले औला उठाउँदैमा आत्तिनुनपर्ने टिप्पणी गरे।