बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको सम्भावना
लुम्बिनी प्रदेशका तराई भू भागका थोरै स्थानहरुमा हावाहुरीको चल्नेछ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौं, भदौ २३ : आज देशका चार प्रदेशमा भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाकाले सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महशाखाको पूर्वानुमान छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरी चल्ने छ।
राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। साथै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भोलि ९आइतबार० पनि देशका सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई(स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशका तराई भू भागका थोरै स्थानहरुमा हावाहुरीको चल्नेछ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
सोमबार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षासमेत हुनेछ।
राति कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











