Kathmandu Press

चेपाङलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री जम्कट्टेल

‘चेपाङ समुदायको विकासका लागि संघीय सरकारसँग पनि समन्वय गरिरहेका छौं। चेपाङ समुदायको चेपाङ चिउरी र चमेरो सर्किट बनाउनुपर्छ। यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौं,’ उनले भने।
चेपाङलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री जम्कट्टेल

धादिङ भदौ २३ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपालका सिमान्तकृत चेपाङ जातिको राष्ट्रिय पर्व न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा आयोजित कार्यक्रममा उनले चेपाङलाई अन्य समुदाय सरह विकासको मूलधारमा पुर्‍याउन कार्यदल बनाएर अघि बढ्ने बताए।

‘चेपाङ समुदायको विकासका लागि संघीय सरकारसँग पनि समन्वय गरिरहेका छौं। चेपाङ समुदायको चेपाङ चिउरी र चमेरो सर्किट बनाउनुपर्छ। यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौं,’ उनले भने।

विशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण संघीय सरकारले पनि निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘चेपाङ समुदायको विकासमा हामी सदैब सँगै छौं।’

प्रकाशित मिति: ०७:२२ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्