Kathmandu Press

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

शुक्रबार अपराह्न सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो।
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया, भदौ २२ : जंगलमा घाँस काट्न गएकी बर्दियाको मधुवन–३ धनौराकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

शुक्रबार अपराह्न सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा वंशीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि गुलरीया पठाइएको छ।

सो सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्