Kathmandu Press

स्वीट्जरल्याण्डको आवासीय राजदूतमा सुवेदी नियुक्त

संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।
स्वीट्जरल्याण्डको आवासीय राजदूतमा सुवेदी नियुक्त

काठमाडौं, भदौ २२ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

सुवेदीलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त गरिएको छ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्