Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

चीनमा भदौ २६ देखि २९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएके उनले जानकारी दिइन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं, भदाै २२ : सरकारले उद्योग मन्त्रालयमातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिएकी हुन्।

त्यस्तै चीनमा भदौ २६ देखि २९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएके उनले जानकारी दिइन्।

न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणीन्द्र गौतमलाई न्याय सवाको राजपत्रांकितत विशिष्ठ श्रेणीमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताइन्।

त्यस्तै बैठकले सञ्चार मन्त्रालय अन्तर्गतका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा राजपत्रांकित विशिष्ट श्रेणीका तीन सचिवहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्