अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारितामा कुनै असर पर्दैन : मन्त्री शर्मा
उनले भ्रमणको उदेश्य पूरा गर्ने मुख्य विषय भएको र अन्य विषय प्रावधिक मात्रै भएको जिकिर गरिन्।
काठमाडाैं, भदाै २२ : सरकारले अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारितामा कुनै असर नपर्ने स्पष्ट पारेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताएकी हुन्।
उनले भ्रमणको उदेश्य पूरा गर्ने मुख्य विषय भएको र अन्य विषय प्रावधिक मात्रै भएको जिकिर गरिन्।
प्रवक्ता शर्माले चीन भ्रमणको एजेण्डा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइन्। भ्रमणका क्रममा दुईपक्षीय विषयका साथै अन्य कतिपय विषय ध्यानाकर्षणका रुपमा लैजाने तयारी भएको उनले बताए। त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण उचित नभएको भन्दै घटनाको अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने जानकारी दिइन्।











