Kathmandu Press

‘ज्योतिः शतकम्’ विमोचन

लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्। 
‘ज्योतिः शतकम्’ विमोचन

गण्डकी, भदौ २२ : ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिः शतकम् आजदेखि बजारमा आएको छ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्। 

Hardik ivf

पोखरा महानगरपालिका–३३ शिवबस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ। विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचनामा ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लिखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुझ्ने गरी प्रस्तुत गरिएको छ। 

छयत्तर पृष्ठको पुस्तकको प्रथम पल्लवमा नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषबारे विश्लेषण गरिएको छ। दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण छ। चौथो पल्लवमा सङ्क्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा छ। पाँचौँ पल्लवमा सङ्क्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ।

पौड्यालका ज्योतिषसम्बन्धी विभिन्न लेखरचना (२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण (२०७३), दोस्रो संस्करण (२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेका छन्। 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्