तरुण दलको र्यालीमा गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)
तरुण दलको र्यालीमा गृहमन्त्रीको राजीनामा माग र्यालीपछि सभामा बोल्दै तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।
काठमाडौं, भदौ २२ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गरिएको आक्रमणको विरोधमा तरूण दलले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। तरुण दलको र्यालीमा गृहमन्त्रीको राजीनामा माग र्यालीपछि सभामा बोल्दै तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।

तरुण दलले रत्नपार्कमा भेला भई विरोध प्रदर्शन गरेको हो। रत्नपार्कबाट सुरु भएको तरुण दलको विरोध ¥याली पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः रत्नपार्कमा पुगेर टुंगिएको थियो। उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘अपराधीलाई कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ लगाएका नारा लगाएका थिए।

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई गत बिहीबार रिपोर्टर्स क्लवको कार्यक्रमपछि भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवको हाल उपचार भइरहेको छ।

















