Kathmandu Press

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

यसअघिकाे बैठकले भदौ २४ गते बिहान ११ बजेका लागि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ २२ : राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

भदौ २४ गते बिहान ११ बजेका लागि  बैठक बाेलाइएकाे भए पनि अर्को सूचना जारी नभएसम्मका लागि साे बैठक स्थगित भएको छ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठकको मिति र समय पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि बैठक स्थगित भएको संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञिप्त निकालेर जानकारी दिएका छन्।

राष्ट्रिय सभामा तीनवटा विधेयकहरु विचाराधीन छ। अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदनसभामा पेस भइसकेको छ।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्