कोशीमा कार्कीलाई मुख्यमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल गठनको तयारी
कोशी प्रदेश प्रमुखको कार्यालयले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको तयारी शुरु गरेको छ नियुक्ति र शपथपछि साँझसम्म मन्त्रिमण्डल तय गर्ने तयारी रहेको छ।
काठमाडौं, भदौ २२ : सर्वोच्च अदालतको बिहीबारको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल गठनको तयारी गरेका छन्।
कोशी प्रदेश प्रमुखको कार्यालयले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको तयारी शुरु गरेको छ नियुक्ति र शपथपछि साँझसम्म मन्त्रिमण्डल तय गर्ने तयारी रहेको छ।
सर्वोच्च अदातलको पूर्ण इजलासले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलको हैषियतमा कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
आठ महिना अघि नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेशको सरकारमा किचलो उत्पन्न हुँदै आएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुईपल्ट बदर गरेका कारण नयाँ परिस्थिति सिर्जना भएको हो।











