निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ : प्रधामन्त्री प्रचण्ड
निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताएका हुन्।
काठमाडौं, भदौ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन्।
निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताएका हुन्।
उनले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए।
‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ। यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्मा दर्ता गर्ने तयारी गरिरहेको छ ,’ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।
स्थायी सरकारका रूपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्याय सहितको समुन्नतिले गति लिन सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।











