सरकारले संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
काठमाडाैं, भदाै २१ : सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । तर, त्यसको विरोध भएपछि विधेयक रोकिएको थियो।
संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन्।
प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











