Kathmandu Press

हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने

सर्वाेच्चकाे पूर्ण इजलासले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः मुख्यमन्त्री बन्ने भएका हुन्।
हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने

काठमाडौं, भदौ २१ : कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की पुनः मुख्यमन्त्री बन्ने भएका छन्।

बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको उल्लेख गर्दै उनलाई पदमुक्त गरेको थियो।

थापालाई पदमुक्त गर्दै न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सो परमादेशसँगै कार्की पुनः मुख्यमन्त्री बन्ने भएका हुन्।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्