हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चकाे परमादेश, उद्धव थापा पदमुक्त
सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ठैलो दलको कैहिसयतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो।
काठमाडौं, भदौ २१ : सर्वोच्च अदालतले एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।
न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ठुलो दलको कैहिसयतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो।
सर्वोच्चले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ।
बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा उक्त आदेश दिएको हो।
गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो।











