चिनियाँ राजदुतलाई सचेत गर्न समितिको निर्देशन
निर्देशनमा चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउन भनिएको छ।
काठमाडौं, भदौ २१ : संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सचेत गराउनु पर्ने धारणा राखेका थिए।
निर्देशनमा चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउन भनिएको छ। चिनियाँ राजदूत छेनले गत शनिबार आयोजित कार्यक्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि विवादास्पद टिप्पणी गरेका थिए।
प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











