Kathmandu Press

प्रा.डा. अञ्जनीकुमार झा बने चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रा.डा. अञ्जनीकुमार झा बने चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष

काठमाडौं, भदौ २१ : प्रा.डा. अञ्जनीकुमार झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उपाध्यक्ष नियुक्तका लागि गठिन समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले झालाई उपाध्यक्ष बनाएको हो। समितिले झासहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिस गरेको थियो।

उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ । त्यसपछिको ४ वर्षे कार्यकालका लागि झालाई उपाध्यक्ष नियुक्ति गरिएको हो।  

उपाध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा २० वर्षको अनुभव भएको वा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवामा क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ।

आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष र प्रधानमन्त्री आयोगको अध्यक्ष हुने व्यवस्था छ

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्