Kathmandu Press

महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय तत्काल हट्दैन : मन्त्री बस्नेत

‘दार्चूला जिल्लाको सदरमूकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय महाकाली आयोजनाको काम पूरा नभएसम्म त्यहाँबाट सारिँदैन,’ उनले भने।
महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय तत्काल हट्दैन : मन्त्री बस्नेत

काठमाडौं, भदौ २१ : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले दार्चुला सदरमुकामको महाकाली नदी नियन्त्रण कार्यालय हटाउन लागिएको भन्ने कुरा सत्य नभएको बताएका छ।

प्रतिनिधि सभामा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्र्तगतको प्रश्नोत्तरमा सांसद दिलेन्द्र बडुले सोधेको दार्चुला जिल्लाको सदरमूकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय योजना अनुसारको काम पूरा नहुँदै, हटाइँदै छ भन्ने कुरा सत्य हो ? प्रश्नमा उनले तत्काल कार्यालय नहट्ने प्रष्ट पारेका हुन्।
 
‘दार्चूला जिल्लाको सदरमूकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय महाकाली आयोजनाको काम पूरा नभएसम्म त्यहाँबाट सारिँदैन,’ उनले भने।

२०७० मा आएको बाढिका कारण महाकाली नदी नजिकको क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो।

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्