Kathmandu Press

‘पीडितलाई न्याय हुने गरि टिआरसीअघि बढाउनुपर्छ’

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक पारित गरिनुपर्ने बताए।
‘पीडितलाई न्याय हुने गरि टिआरसीअघि बढाउनुपर्छ’

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका नेता तथा संसद डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितलाई न्याय हुनेगरी सदनमा अघि बढाउनु पर्ने बताएका छन्र

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै टिआरसीलाई अन्तिम रुप दिएर सदनबाट पारित गराउनुपर्ने बताए।

कानून बनाउँदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानवअधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अघि बढाउनुपर्नेमा उनले जोड दिए।

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक पारित गरिनुपर्ने बताए।

त्यस्तै उनले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको पनि बताए।

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्