Kathmandu Press

वायु सेनाको विमानमा अमेरिकी सैन्य टोली काठमाडौंमा 

लिम कमन्टरको नेतृत्वमा सैनिक टोली १८ दिनसम्म काठमाडौंमा रहनेछ। नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
वायु सेनाको विमानमा अमेरिकी सैन्य टोली काठमाडौंमा 
फाइल तस्बिर

काठमाडौं, भदौ २१ : संयुक्त राज्य अमेरिकाको सैनिक टोली बिहीबार दिउँसो काठमाडौं आइपुगेको छ। अमेरिकी सैनिक टोलीमा १२ जना अमेरिकी सैनिक छन्।

लिम कमन्टरको नेतृत्वमा सैनिक टोली १८ दिनसम्म काठमाडौंमा रहनेछ। नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

आगामी भदौ २४ गतेदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाले जनाएको छ । 
दुई देशका सेनाबीच भदौ २४ गतेदेखि असोज १२ गतेसम्म संयुक्त अभ्यास सञ्चालन हुने जनाइएको छ।

उक्त अभ्यासमा नेपाली सेनाका ३० जना सैनिक सहभागी हुनेछन् । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।
 
प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्